काठमाडौँ क्षेत्र नं २ र ४ वाम गठबन्धन र १ मा काँग्रेसको अग्रता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काठमाडौँ क्षेत्र नं २ र ४ वाम गठबन्धन र १ मा काँग्रेसको अग्रता



काठमाडाै । काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । काठमाडौँ १ मा खसेको कुल मत २०४५ मध्ये नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ९४० मत प्राप्त गरेका छन् काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिए ।

विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ६७५ मत लिएर सिंहलाई पछ्याइरहेका छन् । नेकपा (माओवादी केन्द्र) उम्मेदवार अनिल शर्माले २६८ प्राप्त गरे ।

क्षेत्र नं २ मा अहिलेसम्म गणना भएको कुल मत दुई हजारमध्ये नेकपा (एमाले) का उम्मेदवार माधवकुमार नेपालले एक हजार २३, नेपाली काँग्रेसका उम्मेदवार दीपक कुइँकेलले ४६९ र विवेकशील साझा पार्टीका उम्मेदवार डा सूर्यराज आचार्यले ४२४ मत प्राप्त गरे ।

काठमाडौँ क्षेत्र नं ४ मा गणना भएको कुल मत २,४३० मध्ये नेकपा (एमाले) का उम्मेदवार डा राजन भट्टराईले १,२३९, नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले १,०४१ र विवेकशील साझा पार्टीका उम्मेदवार सुबना बस्नेतले ४३ मत प्राप्त गरेका छन् ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १५:०१