कास्कीमा मतगणना शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कास्कीमा मतगणना शुरु



पोखरा।बिहीबार सम्पन्न कास्कीको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना शुरु भएको छ ।

तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा हिजोको निर्वाचनमा कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८९२ मत खसेको थियो ।

प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगागाल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षेत्र नं १ को क्षेत्रीय शिक्षा कार्यालय, क्षेत्र नं २ को डिभिजन सहकारी कार्यालय र क्षेत्र नं ३ को जिल्ला समन्वय समितिबाट मतगणना भइरहेको छ ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १५:३४