जो १० हजारको लगानीबाटै अर्बपति बने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जो १० हजारको लगानीबाटै अर्बपति बने



एजेन्सी – भारतको गुजरातमा जन्मे, हुर्के उनी । शिक्षा चाहिँ महाराष्ट्रको मुम्बईमा हासिल गरे । हिन्दी चलचित्र नगरी अर्थात बलिउडको नामले चर्चित यो सहरमा उनको बुबाको सानो होलसेल व्यापार थियो । त्यही व्यापारमा सघाउँदै कला–विज्ञानमा कलकत्ता विश्वविद्यालयबाट स्नातकसम्मको पढाइ गर्न भ्याए । सुरुमा उनी बाबुको औषधि व्यपारमा नै रमाउन प्रयास गरे । तर, अरु कम्पनीको औषधि ल्याएर बेच्ने कामलाई उनले ठीक ठानेनन् । व्यापार राम्ररी चलिरहेकै अवस्थामा उनले बुबासँग एउटा सल्लाह मागे, आफ्नै औषधि कम्पनी खोल्न आग्रह गरे । यसलाई नाइँ भन्दिए बुबाले । त्यसपछि उनले बुबासँग १० हजार रुपैयाँ सापटी मागे । त्यही रकमबाट उनले औषधि उत्पादन गर्ने आफ्नै कम्पनी खोले । सन् १९८३ मा भापीमा ‘सन फर्मास्युटिकल्स’ नामको कम्पनी खोले । उक्त कम्पनीले वर्षभित्रै पाँचवटा औषधिको उत्पादन एकैपटक गर्यो । त्यो चर्चित हुन पुग्यो । आज यो कम्पनी भारतको सबैभन्दा ठूलो औषधि उत्पादक बन्न पुगेको छ । उनी त्यस्ता व्यक्ति हुन्, जसले कठोर संघर्ष र परिश्रमबाटै सफलताको शिखरमा पुग्न सफल भएका छन् । यी संघर्षशील र आत्मविश्वासका धनी व्यक्ति हुन्, दिलीप सांघवी ।

गुजरातको एउटा सानो सहर अम्रेलीमा ५९ वर्षअघि १ अक्टुबर १९५५ मा जन्मेका सांघवी सन फर्मास्युटिकल कम्पनीका संस्थापक हुन् । यो कम्पनी अत्यन्तै महत्वपूर्ण औषधि उत्पादन गर्ने ठूलो कम्पनी हो । भारतका अर्बपति मुकेश अम्बानीका रिलायन्स कम्पनी पछिको दोस्रो हो । सन फर्माको बजार क्षमता ३१ अर्ब अमेरिकी डलर पुगिसकेको छ ।कान्तिपुर दैनिक

प्रकाशित : २८ पुष २०७३, बिहीबार ०७:५३