काठमाडाैँ क्षेत्र नं. ४ का उम्मेदवार गगन कुमार थापा जित नजिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काठमाडाैँ क्षेत्र नं. ४ का उम्मेदवार गगन कुमार थापा जित नजिक



काठमाडाैँ क्षेत्र नं. ४ का उम्मेदवार गगन कुमार थापाकाे जीत निश्चित प्रायः भएकाे छ । उनी विपक्षी उम्मेदवारभन्दा १ हजारभन्दा धेरै मतले अगाडि छन् । एमालेकाे गढ मानिएकाे बुढानिलकण्ठ नगरपालिकाकाे ८ वटा वडाबाट विपक्षी राजन भट्टराइभन्दा धेरै मत ल्याए पछि उनकाे जीत सुनिश्चित मानिएकाे हाे । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन् । निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडी परेपनि पछि लय सम्हालेका गगनले २२ हजार मत प्राप्त गरेका छन्।

 

थापाका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १८ हजार मत प्राप्त गरेका छन् । वुढानिलकण्ठ नगरपालिकाको मतगणनामा विपक्षी राजन भट्टराइभन्दा १०० मतले अगाडि रहेका थाप काठमाडौं महानगरपालिकामा मतगणना प्रवेश गरेसँग अग्रता फराकिलो बनाएका हुन् । महानगरपालिकाका ४ वडा मध्ये वडा नम्वर ७ , ८ र ३० को मतगणना सकिएको छ। अहिले महानगरको वडा नं १ काे मतगणना गन्न बाँकी रहेको बताइएको छ । विवेकशील साझाकी सुबुना बस्नेतले १ हजार ७ सय ३ मत प्राप्त गरेकी छिन् । काठमाडौं ४ को यो चुनावलाई धेरैले महत्वका साथ हेरेका छन् ।

प्रकाशित : २३ मंसिर २०७४, शनिबार ०५:२५