राधी विद्युतको आइपीओ पुस ३ गतेबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राधी विद्युतको आइपीओ पुस ३ गतेबाट



काठमाडौं। राधी विद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) पुस ३ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले ६ करोड १५ लाख रुपैयाँ बराबरको ६ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्ने लागेको हो ।

यो आइपीओ छिटोमा पुस ६ गतेसम्म र ढिलोमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ । राधीको आइपीओमा आवेदकले धितोपत्र बोर्डबाट स्वीकृित प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिंग लिमिटेड रहेको छ ।

यसअघि आयोजना प्रभावित लमजुङ बासीका लागि चार लाख १० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट समेत गरिसकेको कम्पनीले दोश्रो चरणमा आम सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड थ्रि रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत रहेको संकेत गर्दछ ।

प्रकाशित : २४ मंसिर २०७४, आईतवार ११:१६