सनराईज बैंकको नयाँ सुरक्षित घर कर्जा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सनराईज बैंकको नयाँ सुरक्षित घर कर्जा



काठमाडौ । सनराईज बैंक लिमिटेडले ‘प्यारो लाग्छ आफ्नो घर, प्यारो लाग्छ आफ्नो परिवार’ नाराका साथ ल्याएको नयाँ सनराईज सुरक्षित घर कर्जा कार्यक्रमको विषयमा आज आफ्ना ग्राहकहरुसँग छलफल गरेको छ । बैंकको पुतलीसडक शाखाले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा कार्यक्रम गरेर नेपालमा सम्भवत पहिलो पटक ल्याईएको भनिएको घर कर्जा तथा जीवन विमासँग मिश्रित नयाँ किसिमको घर कर्जा योजनाप्रति ग्राहकको उत्साहजनक धारणा आएको जानकारी दिईयो ।

बैंकका बरिष्ठ प्रवन्धक हरिप्रसाद आचार्यले यो योजना अन्र्तगत ऋण लिने ग्राहकले ऋणको साथसाथै जीवन बिमा पनि गरिदिने र यो ब्यवस्थाबाट ग्राहकहरुले विमा गर्नको लागि विमा कम्पनि सम्म धाईरहनु पर्ने र एजेण्ड खर्च बेहर्नु पर्ने अवस्थाको अन्त्य हुने विश्वास ब्यक्त गर्दै २१ देखि ५० वर्षका नियमित मासिक आम्दामी भएका ब्यक्तिहरुले ब्यक्तिगत घर निर्माण मर्मत सम्भार, घर विस्तार, घर खरिद, अर्पाटमेन्ट खरिद तथा घर निर्माणको लागि जग्गा खरिद गर्न समेतको लागि कर्जा उपयोग गर्न सकिने जानकारी दिए ।

उनले यो योजना अन्र्तगत विमा रकम र कर्जा रकम बराबर भएको १० देखि २० वर्ष अवधीसम्मको निम्न र मध्यम स्तरको आय स्रोत भएको ग्राहकको लागि निक्कै उपयूक्त ५ लाख देखि १ करोडसम्मको विशेष किसिमको सावधिक जीवन विमान गरिने र विमा अवधी समाप्त पछि एक मुष्ट बोनस भुक्तानी र घरको हक हस्तान्तरण एक साथ गरिने बताए ।
कार्यक्रममा शाखा प्रवन्धक विष्णु प्रसाद उप्रेतिले यो योजना प्रति ग्राहकहरुकोवीचमा उत्साह सँगै अन्यौलता पनि रहेकोले आफूहरुले स्पष्ट पार्न कार्यक्रम गर्नु परेको भन्दै नेपालको बैंकिङ ईतिहासमै पहिलो र नयाँ खाल्को भएकोले ग्राहकले फाईदा लिन सक्ने बताए ।

प्रकाशित : ३० श्रावण २०७२, शनिबार ११:४०