उदयपुर क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उदयपुर क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार विजयी



उदयपुर ।  क्षेत्र नम्बर २ को तीनै सिटमा फराकिलो मतान्तरले वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभा र दुवै प्रदेशभामा गठबन्धनले जित हात पारेको हो।
माओवादी केन्द्रका सुरेशकुमार राई प्रतिद्वन्द्वी कांग्रेसका नारायणबहादुर कार्कीलाई ७ हजार ९६ मत अन्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भए। राईले २२ हजार ५ सय ५१ मत पाए भने प्रतिद्वन्द्वी कार्कीले १५ हजार ४ सय ५५ ल्याएको मुख्य निर्वाचन कार्यालय उदयपुरका प्रमुख तेजेन्द्रप्रसाद शर्माले जनाए।

प्रकाशित : २४ मंसिर २०७४, आईतवार १२:१६