बाम गठबन्धनको जीतलाई शेयर बजारको हरियो झन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

बाम गठबन्धनको जीतलाई शेयर बजारको हरियो झन्डा



काठमाडौँ । बाम गठबन्धनको चुलिदो जितलाई सेयर बजारले स्वागत गरेको छ ।  सेयर बजारले गठबन्धनलाई हरियो झन्डा देखाएको हो । कारोबारको पहिलो दिन  नेप्स ६ दशमलव ०५ अंकले  ओरालो लागेको छ। आज कारोबारमा आएका उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५८ कमपनीको १२ लाख १२ हजार ७ सय ८० कित्ता सेयरबाट ८४ करोड ७० लाख ७० हजार ८० रुपैयाको कारोबार भएको छ।

 

आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ७२ दशमलव ८२ अंकले ओरालो लागेको छ। आज लघुवित्त समुह २० दशमलव ३४ अंकले,होटल समुह १४ दशमलव ७८ अंकले,जलविधुत समुह १३ दशमलव ७२ अंकले, फाइनान्स समुह ८ दशमलव ४५ अंकले, विकस बैँक समुह ५ दशमलव ४७ अंकले र बैँक समुह ३ दशमलव ७९ अंकले ओरालो लागेको छ।

आइतबार उतपादनमुलक समुह र अन्य समुह भने उकालो लागेको छ। आज उतपादनमुलक समुह ४० दशमलव २४ अंकले उकालो लागेको छ भने अन्य समुह २ दशमलव ०३ अंकले उकालो लागेको छ।

प्रकाशित : २४ मंसिर २०७४, आईतवार १५:२४