माछापुच्छ्रे बैंक र बेलायतको सिफ्ट फाइनान्सियलबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माछापुच्छ्रे बैंक र बेलायतको सिफ्ट फाइनान्सियलबीच सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक र बेलायतको सिफ्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट्यान्स सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा माछापुच्छ्रे  बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सन्तोष कोइराला तथा सिफ्ट फाइनान्सियल सर्भिसेसका तर्फबाट अध्यक्ष इदनान सबनले हस्ताक्षर गर्नु भएको छ ।

बेलायतमा मुख्य कार्यालय रहेको सिफ्ट फाइनान्सियल सर्भिसेजले विश्वका ६६ देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ । सो सम्झौतापश्चात अष्ट्रेलिया, बहराइन, कुवेत, मलेसिया, पोर्चुगल, कतार, साउदी अरेबिया, टर्की, युइनाइटेड अरब इमिरेट्स तथा बेलायतमा रहेका नेपालीले माछापुच्छ्रे बैंकको ६२ शाखा, ५ हजारभन्दा बढी एजेन्ट, ४ एक्स्टेन्सन काउन्टर र ७ शाखारहित सेवा काउन्टरबाट सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : २५ मंसिर २०७४, सोमबार ११:२९