गायक नरजंग गुरुङको पछिल्लो गीत बारुलाको म्युजिक भिडियो सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गायक नरजंग गुरुङको पछिल्लो गीत बारुलाको म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । गायक नरजंग गुरुङको पछिल्लो गीत बारुला र यसको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ ।

बिगतमा पोखरामा रहेर गुरुङ भाषा तथा नेपाली सुगम संगीतमा सक्रिय गायक नरजंग यतिबेला काठमाडौँमा रहेर नेपाली सङ्गीतमा संघर्ष गर्दै छन् ।

उसोत नरजंग गुरुङले गुरुङ भाषाका गीतहरु लोकप्रिय छन् । शमशेर गहतराजको शब्द संगीतमा रहेको उनको बारुला बोलको गीतले यतिबेला नेपाली सांगीतिक बजारमा चर्चा पाएको छ ।

लोक लयमा आधारित यो गीतमा चर्चित मोडेल ज्योत्सना योगीले अभिनय गरेकी छिन् ।

जीवन थापाको निर्देशन र सम्पादनमा बनेको यो म्युजिक भिडियोलाई धिरजजंग शाहले छायांकन गरेका छन् । मल्टीमेडले निर्माण गरेको यो म्युजिक भिडियो नरजंग गुरुङको आफ्नै युट्युबमा हेर्न सकिन्छ ।

https://youtu.be/6Yl3Cd2DlOc

प्रकाशित : २५ मंसिर २०७४, सोमबार १२:३२