शेयर बजार ओरालो लाग्यो, बाम गठबन्धनको जीतको उत्साह कायम रहन सकेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शेयर बजार ओरालो लाग्यो, बाम गठबन्धनको जीतको उत्साह कायम रहन सकेन



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स २ दशमलव ७४ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५७ कम्पनीको ८ लाख ५६ हजार १ सय १८ कित्ता सेयरबाट ४६ करोड ४५ लाख ५० हजार ६ सय १८ रुपैयाको कारोबार भएको छ।

सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह २६ दशमलव ७३ अंकले ओरालो लागेको छ। आज विकास बैँक समुह ९ दशमलव १ अंकले, होटल समुह ७ दशमलव १ अंकले,लघुवित्त समुह ५ दशमलव ४७ अंकले,जलविधुत समुह ३ दशमलव ०४ अंकले,टे«डिड. समुह २ दशमलव २८ अंकले , बैँक समुह १ दशमलव ८३ अंकले र फाइनान्स समुह ० दशमलव ९४ अंकले ओरालो लागेको छ ।

सोमबार उत्पादनमुलक र अन्य समुह भने उकालो लागेको छ। आज उतपादनमुलक समुह ० दशमलव ५६ अंकले र अन्य समुह ० दशमलव ८७ अंकले उकालो लागेको छ।

प्रकाशित : २५ मंसिर २०७४, सोमबार १५:२१