प्रतिमतदाता खर्च ४ सय ९५ रुपैयाँ २५ पैसा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रतिमतदाता खर्च ४ सय ९५ रुपैयाँ २५ पैसा



काठमाडौ । स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९५ रुपैयाँ २५ पैसा समग्रमा खर्च÷लागत रहेको पाइएको छ ।

उक्त निर्वाचनमा रु छ अर्ब ९६ करोड ९३ लाख ७६ हजार ८६६ खर्च भएको निर्वाचन आयोगको आर्थिक प्रशासन शाखाबाट जानकारी प्राप्त भएको छ ।

स्थानीय तहको निर्वाचन वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सम्पन्न भएको थियो ।

सरकारले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगलाई रु आठ अर्ब ७८ करोड, ४९ लाख ७२ हजार १६८ उपलब्ध गराएकामा प्राप्त बजेटमध्ये ७९.३३ प्रति खर्च भएको आयोगबाट उपलब्ध विवरणमा उल्लेख छ ।

आयोगका अनुसार पहिलो र दोस्रो चरणमा गरी जम्मा रु छ अर्ब ३० करोड ३९ लाख नौ हजार ५३८ तथा तेस्रो चरणमा रु ९३ करोड ८९ लाख ७७ हजार ३२८ जम्मा खर्च भएको थियो ।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रतिमतदाता खर्च लागत ५२८ रुपैयाँ ६४ पैसा रहेको थियो भने तेस्रो चरणमा त्यो घटेर ३५२.३४ रहेको आयोगको तथ्याङ्कबाट जानकारी प्राप्त भएको छ ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एक करोड १४ लाख सात हजार ४७४ तथा तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाता संख्या कायम रहेको थियो ।

प्रकाशित : २५ मंसिर २०७४, सोमबार १५:४६