एभरेष्ट बैंककाे साधारणसभा पुस २८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंककाे साधारणसभा पुस २८ गते



काठमाडौं। एभरेष्ट बैंक लिमिटेडकाे दर्ता किताब बन्द हुने भएको छ। बैंककाे पुस २८ गते २३ औं साधारणसभा हुन लागेकोले पुस १३ गतेदेखि पुस २० गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।

बैंकको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते विहान ११ बजे लैनचोर ब्यांकेट लैनचोरमा बस्ने गरी सभा बोलाएको हो ।उक्त साधारणसभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ३३ प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७४ प्रतिशत १० करोड ४८ लाख २२ हजार ५१३ रुपैयाँ नगद लाभांश दिने भएको छ ।

 

प्रकाशित : २६ मंसिर २०७४, मंगलवार ११:५५