बच्चाले स्मार्टफोन खेलाइरहन्छ ? सावधान ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बच्चाले स्मार्टफोन खेलाइरहन्छ ? सावधान !



काठमाडाै । यदि तपाइँको बच्चाले स्मार्टफोनमा खेलिरहने लत बसालेको छ भने सतर्क हुनुहोस् । बच्चाको यो आदत उसको निद्राको सत्रु हो ।

वैज्ञानिकहरुको एक शोधमा यो पत्ता लागेको छ की जो बच्चा स्मार्टफोन वा ट्याबलेटमा धेरै समय बिताउँछ त्यस्ता बच्चाहरु अरु बच्चाको तुलनामा कम मात्र निदाउन सक्दछन् ।

टचस्क्रिनमा बिताएको हरेक घण्टाले बच्चाको निद्रालाई १५ मिनेट कम गरिदिने शोधकर्ताहरुको भनाई छ ।

यद्यपि टचस्त्रिmनमा खेल्ने बच्चाहरु स्नायु क्षमतामा चाहीँ अन्य बच्चाको तुलनामा अब्बल हुन्छन् ।

विशेषज्ञहरुका अनुसार दिनप्रतिदिन घरमा टचस्क्रिनवाला उपकरणको प्रभाव बढिरहेको छ, तर यसले बालबच्चामा पर्ने असरको बारेमा भने चेतनाको कमी छ ।

लण्डन विश्वविद्यालयको यो शोधमा तिन वर्षभन्दा कम उमेरका बच्चाहरुका ७१५ जना आमाबुवासँग प्रश्न सोधिएको थियो ।

त्यसक्रममा उनीहरुको बच्चा कति समयसम्म स्मार्टफोन वा ट्याबलेट चलाउँछ र कहिले कहिले कति बेरसम्म सुत्दछ भन्ने प्रश्न सोधिएको थियो ।

शोधका क्रममा ७५ प्रतिशत बालबच्चाले दिनहुँ टचस्त्रिmन चलाउने गरेको पाइयो, त्यसरी टचस्त्रिmन चलाउनेमध्ये ५१ प्रतिशत त केवल ६ देखि ११ महिनासम्मका बच्चा रहेका छन् ।

जो बच्चा टचस्त्रिmनमा धेरै समय बिताउँछन् उनीहरु दिनमा धेरै सुत्ने र रातमा कम सुत्ने गरेको पाइएको छ । बच्चाले १ घण्टासम्म टचस्त्रिmनमा बिताएमा उसको निद्रामा १५ मिनेटले कमी आउने शोधकर्ताको निष्कर्ष छ । बीबीसी

प्रकाशित : २६ मंसिर २०७४, मंगलवार १४:१६