१७ दशमलव ५४ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१७ दशमलव ५४ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १७ दशमलव ५४ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५७ कम्पनीको ११ लाख ८० हजार ५ सय ६३ कित्ता सेयरबाट ६६ करोड ९२ लाख ११ हजार १ सय ८१ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह १ सय ६६ दशमलव १७ अंकले ओरालो लागेको छ। आजे होटल समुह ४७ दशमलव ८३ अंकले, विकास बैँक समुह २२ दशमलव ८१ अंकले , लघुवित्त समुह २० दशमलव ६३ अंकले, बैँक समुह १३ दशमलव ८२ अंकले,जलविधुत समुह ८ दशमलव ७८ अंकले, अन्य समुह ७ दशमलव ५२ अंकले, टे«डिड.समुह ३ दशमलव ३ अंकले र फाइनान्स समुह १ दशमलव ५२ अंकले ओरालो लागेको छ।
आज उतपादनमुलक समुह भने उकालो लागेको छ। आज उतपादनमुलक समुह ६ दशमलव ४२ अंकले उकालो लागेको छ ।

प्रकाशित : २६ मंसिर २०७४, मंगलवार १५:२४