आइएमई र मुथुतफाइनान्सवीच रेमिटेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमई र मुथुतफाइनान्सवीच रेमिटेन्स सम्झौता



काठमाडौ । नेपाल स्थित आइएमई लिमिटेड र इण्डिया स्थित मुथुत फाइनान्सवीच रेमिटेन्स सम्झौता भएको छ । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । गत आइतवार पानी पोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्धनिर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, मुथुत फाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्चअधिकारीहरुको सहभागिता रहेको थियो ।

 

सम्झौताअनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नुहुनेछ । यसरी पठाएको रकम नेपालमा रहेका ७हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानीलिन सकिनेछ । नगद भुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ। नेपाल स्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारत स्थित आरबीएल बैंक यो सेवाकालागि बैंकिंग साझेदार संस्था हुनेछन् ।

कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आइएमई र मुथुतफाइनान्सको सहकार्य पछिभारतमा रहँदै आउनु भएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्लाभएको बताउनुभयो’ । प्रवन्धनिर्देशक हेमराज ढकालले नेपालको पहिलो र सबैभन्दा ठुलो रेमिटेन्स कम्पनी आइएमई र मुथुत फाइनान्सको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रवन्धक बिजिमोनले नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईसंगको सम्झौता पछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनकाआफन्तलाई भुक्तानगर्न सहजहुने विश्वास व्यक्तगर्नुभयो ।

प्रकाशित : २६ मंसिर २०७४, मंगलवार १७:१८