समानुपातिकमा काँग्रेस एमालेको मतान्तर ९३ हजार, छाताले उछिन्यो गाई र तराजुलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समानुपातिकमा काँग्रेस एमालेको मतान्तर ९३ हजार, छाताले उछिन्यो गाई र तराजुलाई



प्रत्यक्षतर्फ १ स्थानको मत परिणाम आउन् बाँकि रहंदा  समानुपातिक तर्फ मत गणना जारी छ  ।  प्रत्यक्ष् तर्फ पहिलो बनेको नेकपा एमाले समानुपातिक तर्फ पनि अगाडी रहेको छ  । एमालेलाई कांग्रेसले चुनौती दिईरहेको छ । ताजा मत परिणाम अनुसार यी दुई शिर्ष दल बीच ९३ हजार ७ सय ६५   को  मतान्तर छ ।

बुधबार  बिहान १०:३० को अपडेट अनुसार ताजा अवस्थामा एमाले १९ लाख ३४ हजार ३ सय मत सहित शिर्ष स्थानमा छ भने कांग्रेस १८ लाख ४० हजार ५ सय ३५ मत सहित दोस्रो स्थानमा छ । तेस्रोमा रहेको माओबादीको ७ लाख ४४   हजार १   सय ६२ मत रहेको छ  । चौथो स्थानमा संघीय समाजवादी फोरम रहेको छ भने पाचौमा राजपा रहेको छ । त्यस्तै राप्रपा र विवेकशील साझा क्रमश  छैठौ र सातौमा धकेलिएका छन्  ।

प्रकाशित : २७ मंसिर २०७४, बुधबार १२:११