अोली खतराको घन्टीः टाइम्स अफ इन्डिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अोली खतराको घन्टीः टाइम्स अफ इन्डिया



काठमाडौं । भारतको एक चर्चित सञ्चारमाध्यमले केपी ओली नेतृत्वको सरकार भारतका लागि खतराको घण्टी बन्ने दाबी गरेको छ । टाइम्स अफ इन्डियाले अब बन्ने बामगठबन्धनको सरकार भारतका लागि चुनौती बन्ने भन्दै समाचार लेखेको छ ।

गुजरात विधानसभा चुनावमा भारत सरकार पाकिस्तानलाई हवाला दिनमा व्यस्त रह्यो । यसैबीच भारतलाई नेपालबाट तनाव बढेको छ । पछिल्लो केही समयमा भारतका छिमेकी मुलुकहरुसँग मिल्नका लागि नेपाल चुनौतीका रुपमा प्रस्तुत भएको छ ।

नेपालमा कम्युनिस्ट पार्टीको सरकार बन्नु र केपी शर्मा ओलीको हातमा सत्ताको चाबी भारतका लागि खतराको घण्टी भएको छ । ओलीले खुलारुपमा चीनप्रति आफ्नो झुकाव प्रस्तुत गर्छन् । ओली लेफ्ट पार्टिहरुको साझा सरकारमा वरिष्ठ सहयोगीको रुपमा चाडै नै शपथ लिने छन् ।

पछिल्लो वर्ष जब ओलीलाई सत्ता छोड्नु पर्दा भारतलाई नै जिम्मेवार ठहर गरका थिए । माओवादिद्वारा समर्थन फिर्ता लिनुको कारण ओलीको सत्ता गएको थियो । ओलीले त्यहीबेला नेपालमा राजनीतिक अस्थिरताका लागप भारतलाई जिम्मेदार ठहर गरेका थिए । ओलीका अनुसार भारत सरकार नेपालमा रिमोट कन्ट्रोलबाट चल्ने किसिमको सरकार चाहन्छ ।

केपी ओलीले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी संयुक्त राष्ट्रसंघको बडापत्र, अर्न्तराष्ट्रिय सन्धी सम्झौता र स्वयं भारतसँगको वर्षौं पुरानो सम्बन्धको विरुद्धमा रहेको बताएका थिए । उनले भारतको अघोषित नाकाबन्दीले सबै किसिमका सन्धी र सम्झौताको अवमूल्यन भएको भन्दै विरोध गरेका थिए ।

प्रकाशित : २७ मंसिर २०७४, बुधबार १२:२८