अधिकृत स्तरको जागिरका लागि नयाँ आवेदन खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अधिकृत स्तरको जागिरका लागि नयाँ आवेदन खुल्ला



काठमाडौं । लोकसेवा आयोगले अधिकृत स्तरको जागिरका लागि नयाँ आवेदन खुल्ला गरेको छ ।

योग्यता पुगेका नेपाली युवाहरुका लागि आयोगले जागिरका लागि दरखास्त आव्हान गरेको छ । लोकसेवा खुल्छ कि खुल्दैन भन्ने अन्यौलत भइरहेका बेला बुधवार गोरखापत्रमा विज्ञापन प्रकाशित गरी उक्त अवसर दिएको हो ।

लोकसेवाले देशभरबाट ३९० जना शाखा अधिकृतको विज्ञापन प्रकाशन गरेको छ । आयोगले आज मंसिर २८ गते बुधवारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै शाखा अधिकृत वा सो सरहको पदका लागि खुला तथा समावेशी आधारमा दरखास्त माग गरेको हो ।

आयोगले खुला तर्फ २०६, महिला तर्फ ५९ आदिवासीरजनजाती तर्फ ५२, मधेसी तर्फ ३९, दलित तर्फ १८, अपाङ्ग तर्फ ९ र पिछडिएको क्षेत्रका लागि ७ जनाका लागि विज्ञापन प्रकाशन गरेको हो ।

लोकसेवा आयोगले खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने कुल पदसंख्या मध्ये ४५ प्रतिशत समावेशी र ५५ प्रतिशत खुला प्रतिस्पर्धाबाट छनोट गर्दछ ।

समावेशीतर्फ छुट्टाइएको कुल पदको ४५ प्रतिशतलाई शत प्रतिशत मानी महिलाका लागि ३३ प्रतिशत, आदिवासी जनजातिका लागि २७ प्रतिशत, मधेशीका लागि २२ प्रतिशत, दलितका लागि ९ प्रतिशत, अपांगका लागि ५ प्रतिशत र पिछडिएको क्षेत्रका लागि ४ प्रतिशत कोटा छुट्टाइएको हुन्छ ।

प्रकाशित : २७ मंसिर २०७४, बुधबार १२:५०