शाइन रेसुङ्गाको साधारणसभा पुस २२ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शाइन रेसुङ्गाको साधारणसभा पुस २२ गते



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको साधारणसभा पुस २२ गते हुने भएको छ । बैंकको साधारणसभा दिउंसो ११ः३० बजे अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट बुटोवलमा हुन लागेको हो ।

उक्त नवौं वार्षिक साधारणसभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयरकाे प्रस्ताव पारित गर्ने छ । बैंकको साधारणसभाको लागि पुस १० गतेदेखि पुस २२ गतेसम्म शेयरधनी पुस्तिका बन्द रहने छ । जसका लागि पुस ९ गतेसम्म शेयर सुरक्षित गर्ने लगानीकर्ताले वार्षिक साधारणसभामा सहिक हुन पाउने छन् ।

त्यस्तै साधारणसभाले २०७४र०७५ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफ हुने जनाईएको छ ।

प्रकाशित : २७ मंसिर २०७४, बुधबार १४:००