उकालो लाग्यो नेप्से, कस्ले कति कमाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उकालो लाग्यो नेप्से, कस्ले कति कमाए



काठमाडौँ । बुधबार नेप्से उकालोे लागेर बन्द भएको छ। आज नेप्स १० दशमलव ५३ अंकले उकालोे लागेको छ। आज कारोबारमा आएकोसबै समुहले कमाएका छन्। आज कारोबारमा आएका १६४ कम्पनीको १० लाख ४३ हजार ८ सय ८७ कित्ता सेयरबाट ४८ करोड ५९ लाख ११ हजार २ सय ९८ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह ५२ दशमलव ४८ अंकले उकालो लागेको छ। आज होटल समुह ३८ दशमलव ०९ अंकले, उतपादनमुलक समुह ३२ दशमलव ८१ अंकले,लघुवित्त समुह १४ दशमलव ५६ अंकले, अन्य समुह १० दशमलव ४१ अंकले, जलविधुत समुह ९ दशमलव ८२ अंकले, बैँक समुह ८ दशमलव १५ अंकले, विकास बैँक समुह ५ दशमलव ७३ अंकले, टे«डिड। समुह २ दशमलव ४५ अंकले र फाइनान्स समुह १ दशमलव ९४ अंकले उकालो लागेको छ।

प्रकाशित : २७ मंसिर २०७४, बुधबार १५:३१