नेपाली स्मार्ट फोन बजारमा आइभुमी मोबाइल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाली स्मार्ट फोन बजारमा आइभुमी मोबाइल



काठमाडौँ ।विश्वको ७ भन्दा बढि देशहरुमा आप्mनो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमापनि आप्mनो पाइला राखेको छ । नेपालको प्रसिद्द व्यापारिक घराना शंकर गु्रप अन्तर्गतको प्राइड इम्पोर्ट एक्सपोर्ट टे«ड प्राइभेट लिमिटेडले उक्त आइभुमि मोबाइल नेपाली बजारमा भित्राएको हो ।
आप्mनो मुख्य उद्देश्य नै “हाइभ्यालु प्रडक्ट” बताउने आइभुमी मोबाइलमा उच्च गुणस्तर तथा नविन प्रविधि प्रयोग गरिएको छ । आइभुमी मोबाइल, आइभी ५०५, आइभी स्मार्ट फोर जी, मि १, मि २, मि ४ र मि ५ सहितका ६ मोडलका स्मार्ट फोन लिएर नेपालीबजारमा प्रवेश गरेको छ । उक्त स्मार्ट फोनहरु ५,९९९रुपैयाँ देखिका प्रतिस्पर्धात्मक मुल्यबाट शुरु हुने समुहले जनाएको छ ।
आइभुमी इंडियाका कार्यकारी निर्देशक अश्विन भण्डारीले सहकार्यको बारेमा कुरा गर्दै भन्न ुभयो “नेपालको एक ठुलो व्यापारिक घराना शंकर गु्रप अन्र्तगतको प्राइड इम्पोर्ट एक्सपोर्ट टे«ड प्राइभेट लिमीटेडसँग सहकार्य गरी अघि बढ्न पाएकोमा हामी अत्यन्तै गौरवावन्वीत भइका छौँ । आफु अन्र्तगतका सबै व्यवसायतथा उत्पादित वस्तु तथा सेवाहरुलाई नेपालको कुनाकुना सम्म उपलब्ध गराउन सफल शंकर समुहले आइभुमी स्मार्ट फोनलाई पनि सफल बनाउनेमा हामीविश्वस्त छौँ ।”
हाल नेपालमा बढ्दै गएको फोर जीस्मार्ट फोन प्रयोग कर्ताहरु माझमा आइभुमी शसक्त रुपमा प्रस्तुत हुने दावी वितरकको रहेको छ । आप्mनो उत्पादनहरुलाई “पावर्ड बाइभ्यालु”बताउने आइभुमी, प्रतिस्पर्धात्मक मुल्यको स्मार्ट फोनहरु नविन प्रविधि फोर जीसहित नेपाली ग्राहकहरुको आवश्यकता पुरा गर्नेवितरकले जनाएको छ ।
नयाँ सहकार्यबारे कुरा गर्दै प्राइड इम्पोर्ट एक्सपोर्ट टे«ड प्राइभेट लिमीटेडका कार्यकारी निर्देशक राजेश जाटिया भन्नुहुन्छ “हाल शंकर गु्रपअन्र्तगत ३०० भन्दा बढी वितरक र एक लाख भन्दा बढिबिक्रि केन्द्रहरु रहेका छन् नविन प्रविधि तथा प्रतिस्पर्धात्मक मुल्य रहेको आइभुमी र बजार अनुभवी समुह बिचको सहकार्यले नेपालमा शसक्त उपस्थिति जनाउने छ ।”

प्रकाशित : २७ मंसिर २०७४, बुधबार १६:०८