वाणिज्य बैंकको कारोबार डिम्याटबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वाणिज्य बैंकको कारोबार डिम्याटबाट



काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सुचीकृत २ सय ३० कम्पनीमध्ये १ सय ६ कम्पनी सिडिएससीमा दर्ता छन् । जसमध्ये आज अर्थात साउन ३२ देखि थप ३१ कम्पनीले पूर्णरुपमा डिम्याटमा कारोबार गर्ने भएका छन् ।  यस अघिनै ७ वटा वाणिज्य बैंकले डिजिटल करोबार गर्दै आएकोमा आज देखि थप २२ वाणिज्य बैंकले डिजिटल कारोबार गर्ने भएपछि सबै वाणिज्य बैंकले डिम्याटमा कारोबार गर्ने भएका हुन् । अन्य ९ कम्पनीले पनि डिम्याटमा कारोबार गर्ने भएका छन् ।


कृषि विकास, बैंक अफ काठमाण्डू, सेञ्चुरी, सिटिजन्स, सिभिल, एभरेष्ट, हिमालयन, कुमारी, लक्ष्मी, लुम्बिनी, माछापुच्छ्रे, मेगा, नेपाल बंगलादेश, नेपाल बैंक, एनसिसि, नेपाल एसबिआई, एनआईसि एशिया बैंकले आज देखि डिजिटल कारोबार गर्नेछन् ।

त्यस्तै एनएमबि, प्रभु, सानिमा, ग्रान्ड, सिद्धार्थ, विजनेश युनिभर्सल, रुलर माइक्रो फाइनान्स, कैलाश, समिट, स्वावलम्वन लघुवित्त, सिटी, डिप्रोक्स, साइन रेसुङ्गा र एक्सेल डेभलपमेन्ट बैंकले पनि डिम्याटमा नै कारोबार गर्ने सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

प्रकाशित : ३२ श्रावण २०७२, सोमबार ०९:१८