समानुपातिकतर्फको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समानुपातिकतर्फको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायमै



काठमाडौं । प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ । अहिलेसम्म काठमाडौं जिल्लाका तीनवटा निर्वाचन क्षेत्रको सम्पन्न मतगणनामा काँग्रेस अगाडि भएको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं १, ४ र ८ को समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको छ । जसअनुसार काँग्रेसले ३६ हजार ६०२ मतसहित अगाडि रहेको छ । एमालेले ३२ हजार ५५८, विवेकशील साझा पार्टीले १९ हजार ४५६ र नेकपा (माओवादी केन्द्र)ले पाँच हजार १६५ मत पाएका छन् ।

सातवटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ, मुख्य निर्वाचन अधिकृत पोखरेलले भने –“भोलिसम्ममा समानुपातिकतर्फको मतगणना सकिने सम्भावना छ ।”

प्रकाशित : २७ मंसिर २०७४, बुधबार १६:०१