अब चार वटा राजनीतिक दल मात्रै राष्ट्रिय पार्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अब चार वटा राजनीतिक दल मात्रै राष्ट्रिय पार्टि



काठमाडौँ । निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको मतपरिणामअनुसार चार वटा राजनीतिक दल मात्रै राष्ट्रिय पार्टि बन्ने भएका छन् ।
आयोगले सार्वजनिक गरेको हालसम्मको मतमा नेकपा(एमाले) पहिलो पार्टीको रुपमा रहेको छ ।

सो पार्टीले हालसम्म २१ लाख ९३९ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले हालसम्म २० लाख १८ हजार ४४५ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले हालसम्म आठ लाख ७ हजार ७२३ मत प्राप्त गरेको छ । संघीय समाजवादी फोरमले दुई लाख ६९ हजार १९५ मत प्राप्त गरेको छ ।

 

राष्ट्रिय हुन संघर्षरत राजपाले हालसम्म दुई लाख नौ हजार ४४४ मत प्राप्त गरेको छ । अन्य पार्टीले हालसमम ६ लाख २० हजार २८० मत प्राप्त गरेको छ ।

प्रकाशित : २७ मंसिर २०७४, बुधबार १६:२०