प्रतिनिधि र प्रदेशसभामा २३ महिला निर्वाचित, काँग्रेशमा शुन्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रतिनिधि र प्रदेशसभामा २३ महिला निर्वाचित, काँग्रेशमा शुन्य



काठमाडाैँ । १६५ सिटको प्रतिनिधिसभा निर्वाचनमा ६ जना मात्रै महिलाले विजय हासिल गरेका छन् । जसमा सबैभन्दा बढी सिट जित्ने एमालेबाट दुई, माओवादी केन्द्रबाट तीन र राष्ट्रिय जनमोर्चाबाट एक गरी ६ जना महिला विजयी भएका हुन् । नेपाली काँग्रेसको विजयी उम्मेदवार दुवै सभामा शुन्य छ ।

संविधानमै राज्यको सबै निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएपनि १६५ निर्वाचन क्षेत्रमध्ये १८ जना महिलाको मात्र उम्मेदवारी परेको थियो । त्यसमा पनि जम्मा प्रतिनिधिसभा तर्फ ६ जना र प्रदेशसभातर्फ १७ जना महिला उम्मेद्वाहरु निर्वाचित भएका छन् ।

प्रमुख राजनीतिक दलले पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ क्षेत्रमा सम्पन्न भएको निर्वाचनमा नेपाली काँग्रेसले दुई र माओवादी केन्द्रले एक गरी जम्मा तीनजना मात्रै महिला उम्मेदवार बनाएको थियो ।

तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने चुनावमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सात जना, नेकपा एमालेबाट पाँच र माओवादी केन्द्रबाट तीनजना गरी प्रमुख तीन दलबाट १५ जना महिलाले उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका थिए ।

प्रकाशित : २७ मंसिर २०७४, बुधबार २१:२९