एमाले र माओवादी केन्द्रको एकतामा भाजो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एमाले र माओवादी केन्द्रको एकतामा भाजो



सिमकोट । पहिलो चरणमा गत मंसिर १० गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध लाग्ने माओवादी र एमाले नेता तथा कार्यकर्ताहरूलाई केन्द्रले कारबाही नगरे पार्टी एकिकरणमा सहभागि नहुने माओवाद्यी हुम्लाले बताएको छ ।

 

दुवै पार्टीबीच चुनावी तालमेल गर्ने केन्द्रको निर्णयअनुसार हुम्लामा समेत प्रतिनिधि र प्रदेशसभामा मिलाएर उम्मेदवार उठाएको भए पनि माओवादी केन्द्रका जिम्मेवार नेता र एमाले नेतृत्वले गठबन्धनको केन्द्रीय नीतिविपरीत स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको माओवादी केन्द्रले बताएको छ।

गठबन्धनबाट चुनाव लडे पनि प्रतिनिधि र प्रदेशसभा ‘ख’ का उम्मेदवारले हार बेहोर्नुपरेको भन्दै माओवादी हुम्लाले गठबन्धनलाई धोका दिने दुवै पार्टीका जिल्ला र केन्द्रीय स्तरका नेतालाई कारबाहीको माग गरेको हो।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार तथा माओवादी केन्द्र हुम्लाका इन्चार्ज छिमी लामा आशाकरद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आफ्नो पार्टी माओवादी केन्द्रका पोलिटब्युरो सदस्यद्वय कर्णजित बुढाथोकी र छिरिङ डम्डुल लामालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ।

प्रकाशित : २७ मंसिर २०७४, बुधबार २१:३६