नेपाली बजारमा स्याङयोङको नयाँ रेक्सटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाली बजारमा स्याङयोङको नयाँ रेक्सटन



काठमाडौं । कोरियाली मोटर निर्माता कम्पनी स्याङ्योङले आफ्नो नयाँ मोडलको गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ । स्याङयोङको नेपालका लागि आधिकारिक बिक्रेता आईएमएस मोटर्सले स्याङ्योङ रेक्सटन गाडी नेपाली बजारमा भित्र्याएको हो । स्याङयोङ रेक्सटनको ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटीक ट्रान्सिमसिन गरी दुई मोडलका गाडी नेपाली बजारमा भित्र्याएको हो । सो गाडीको बजार मूल्य क्रमशः १ करोड १२ लाख रुपैयाँदेखि १ करोड २० लाख रुपैयाँसम्म रहेको छ ।

स्याङयोङ नयाँ रेक्सटनको डिजाइनमा इ एक्स डी २२० डिजेल इञ्जिन र मर्सिडिज–बेन्न ७ स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोग गरिएको छ । जसले आरामदायी परिवर्तनको अनुभव प्रदान गर्नेछ । सो गाडीलाई ‘म्याजेस्टिक थ्रिलिङ’ अन्तरगत बनाइएको भने यसमा सोल्डर वीङ प्रतीक रहेको छ । अडाडी फराकिलो भाग रहेको सो गाडीमा एसयुथी एलईडी प्रयोग गरिएको छ । ४ डब्लूडी टेक्नोलोजीमा आधारित सो गाडीलाई २० इञ्चको स्पटर चक्काले थप आकर्षक बनाएको छ । २२ सय सीसीको सो गाडीमा ९ वटा एअर ब्याकर क्वाड फ्रेम प्रयोग गरिएको छ । गाडीलाई नेपालको सडक अनुसार प्रयोग गर्न इलेन्ट्रिक ब्रेक र एन्टी लक ब्रेक्सको समेत प्रयोग गरिएको छ ।

प्रकाशित : २७ मंसिर २०७४, बुधबार २२:१८