प्रभु लाइफ इन्स्योरेन्सले ४० करोडको शेयर जारि गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु लाइफ इन्स्योरेन्सले ४० करोडको शेयर जारि गर्ने



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले केही समयभित्रै चालिस करोड रुपैयाँ बराबरको साधरण शेयर जारी गर्ने बताएको छ । विहीबार कम्पनीको औपचारिक रुपमा कारोबार शुरु गर्दै कम्पनीले आफ्नो चुक्ता पुँजी पुर्याउन उक्त शेयर जारी गर्ने बताएको हो ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानीमा सञ्चालनमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी हो ।

कारोबारको औचारिक रुपमा शुरु गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाइले बीमा क्षेत्रको बजार नेपालमा धेरै भएकाले सबै बीमा कम्पनीले बजार विस्तारमा डटेर लाग्न सुझाव दिए ।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनल जीवन बीमा बजारमा केही नयाँ गर्न आएको बताए । जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित प्रभु लाइफ इन्स्योरेन्स सञ्चालनमा आएको समेत जानकारी गराए ।

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई अब गाउँ–गाउँसम्म फैलाउने र बजारमा नयाँ आयाम थप्ने दाबी गरे । त्यस्तैगरि सांग्रिला डेभपलपमेन्ट बैंकका अध्यक्ष डा रविन्द्रप्रसाद श्रेष्ठले सांग्रिला बैंकले नयाँ क्षेत्रमा हात हाल्ने मौका पाएको बताउँदै यसले बीमा बजार छुट्टै स्थान बनाउने दावी गरे ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १४:४७