चार पांग्रे सवारी धनीको यसरी सेकिदै छ ढाड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चार पांग्रे सवारी धनीको यसरी सेकिदै छ ढाड



काठमाडाै । सरकारले चार पांग्रे सवारीमा ‘इम्बोस्ड प्लेट’ जडान गर्न समयसिमा तोकेको छ । यातायात व्यवस्था विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चार पांग्रे सवारीले आगामी असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो ।

 

विभागले प्रविधिमा जान ढिलाई गर्न नहुने भन्दै जडानका लागि दर्ताको लट नै तोकेर समयसीमा निर्धारण गरेको छ ।

 

 

सबै सरकारी तथा संस्थानका चार पांग्रे सवारीले आगामी चैत मसान्तभित्र प्लेट जडान गरिसक्नुपर्ने यातायात विभागमा प्रवक्ता डा. टोकराज पाण्डेले बताए । त्यसैगरी लट नम्बर १देखि १२ सम्मका चार पांग्रेसवारीका लागि पनि चैतभित्र इम्बोस्ड प्लेट जडान अनिवार्य गराइसक्ने उनले बताए ।

 

सो समयभित्र १३ लटभन्दा माथिका ३ तथा चार पांग्रे सवारीले इम्बोस्ड जडान गर्न चाहेमा आवेदन दिन सक्ने पाण्डेले बताए ।

१३ नम्बर लटदेखि माथिका चारपांग्रे सवारीले आगामी असार मसान्तसम्म इम्बोस्ड जडानको लागि समयसीमा तोकिएको छ ।

 

प्रदेशसभा गठनका लागि अन्तिम तयारी भइरहँदा इम्बोस्ड प्लेट जडान सुरु गरिहाल्ने विभागको निर्णयमा उपभोक्ता भने सन्तुष्ट छैनन् । फेरि प्लेटमा प्रदेशका नाम उल्लेख गर्ने बाहनामा उपभोक्तामाथि आर्थिक भार थोपरिने अवस्था आउने उनीहरूको भनाइ छ ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १५:२७