महालक्ष्मी विकास बैंक सुदुरपश्चिमको दुर्गम जिल्लामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महालक्ष्मी विकास बैंक सुदुरपश्चिमको दुर्गम जिल्लामा



काठमाडौ । महालक्ष्मी विकास बैंकले सुदुरपश्चिमको दुर्गम जिल्लाहरुमा बैकिङ्ग पहुच पुर्याएको छ । बैंकले बिहिबारदेखि दार्चुलामा आफ्नो ७० औँ शाखा सञ्चालनमा ल्याई त्यस क्षेत्रमा आफ्नो सेवा प्रदान गर्न शुरु गरेको हो ।

दार्चुलाको गोकुलेश्वरमा शाखा सञ्चालन गरेसँगै बैंकको शाखा संख्या ७० पुगेको छ भने बैंकको एटिएम संख्या ३५ पुगेको छ ।

विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी बैंकले कार्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपैँया निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैँया कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १५:५१