नवलपरासीमा नेपाली कांग्रेसको चमत्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नवलपरासीमा नेपाली कांग्रेसको चमत्कार



काठमाडौं । नवलपरासी पूर्वमा समानुपातिक तर्फको मतगणना सकिएको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा नेपाली कांग्रेसले ७१ हजार २ सय २५ मत ल्याउदै पहिलो दल बनेको छ । यस्तै नेकपा एमालेले ६४ हजार १ सय १८ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले ९ हजार ७ सय ५८ मत प्राप्त गरेको छ ।

 

त्यसैगरी विवेकशील साझा पार्टीले ३ हजार ६ सय ८३ मत ल्याएर चौथो पार्टी बनेको छ भने राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार ४ सय २६ मत प्राप्त गरेको छ । नयाँ शक्ति पार्टी नेपालले भने १ हजार २४ मत प्राप्त गरेको छ । अन्य दलले भने १ हजार मत समेत कटाउन सकेनन् । नेपाली कांग्रेस प्रदेशसभाको समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ ।

 

प्रदेशसभाको समानुपातिकतर्फ कांग्रेसले ६७ हजार ७ सय ४३ मत प्राप्त गरेको छ । नेकपा एमालेले ६१ हजार ४ सय ९० मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले १० हजार ४ सय २ मत प्राप्त गरेको छ । त्यसैगरी विवेकशील साझा पार्टीले प्रदेशसभा तर्फ ३ हजार १ सय ३२ मत प्राप्त गरेको छ ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १६:०४