लघुवित्तको शेयर मूल्यमा लगाम लगाउने तयारीमा गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लघुवित्तको शेयर मूल्यमा लगाम लगाउने तयारीमा गभर्नर



काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको उच्च शेयर मूल्यमा हुँदै आएको कारोबारप्रति नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले चिन्ता व्यक्त गरेका छन् । बिहीबार नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनको ११औं साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै गभर्नर डा. नेपालले लघुवित्त वित्तीय संस्थाको उच्च शेयर मूल्यमा कारोबारमा हुनु र उतार चढाव हुनु राम्रो नभएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘पछिल्लो समय लघुवित्तहरुको शेयर कारोबारमा अत्याधिक उतार चढाव भइरहेको छ’ एसोसिएसनको साधारणसभालाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले भने–‘सेवामुखी संस्थाहरुको शेयर कारोबारमा यस्तो हुनु राम्रो पक्ष होइन ।’ लघुवित्त संस्था व्यावसायिकभन्दा बढी सेवामुलक संस्था भएका कारण शेयर कारोबारमा देखिएको तथ्य उत्तम नभएको गभर्नर डा. नेपालको भनाइ थियो ।

कार्यक्रममा बोल्दै गभर्नर नेपालले लघुवित्त क्षेत्रको शेयर कारोबारका लागि नयाँ नीति ल्याउने समेत घोषणा गरे । लघुवित्तको शेयर कारोबारमा देखिएको उचार चढाव बारे अहिले छलफल भइरहेको र नेपाल धितोपत्र बोर्डसँग मिलेर नयाँ नीति ल्याउने गभर्नर नेपालले बताए ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १८:१२