लक्ष्मी बैंकले पनि पुर्यायो आठ अर्ब चुक्तापुँजी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी बैंकले पनि पुर्यायो आठ अर्ब चुक्तापुँजी



काठमाडाै । लक्ष्मी बैंक लिमिटेडले पनि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम आठ अर्ब चुक्तापुँजी पुर्याएको छ । विहीबार बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न १७औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेसँगै बैंकको चुक्तापुँजी आठ अर्ब २२ करोड पुगेको हो ।

साधारणसभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै संचालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७३÷०७४ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । आ.व. २०७३÷७४ मा रु ५९.३२ अर्ब निक्षेप र रु ५२.७३ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु ७० अर्ब रहेको छ । सोहि आ.व.मा बैंकले एक अर्बको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्थाअनुरुप नै राम्रो अवस्थामा रहेको बताइएको छ ।

सन् २००२ मा स्थापनाभएको लक्ष्मी बैंकले आफ्ना शाखाहरु तथा सूचनाप्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्दै आइरहेको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुदपनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ्ग सेवाप्रदायकको रुपमा बंैक अगाडी आएको लक्ष्मी बैंक उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधि लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा परिचित छ । लक्ष्मी बैंकले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ ।

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु भई लघुवित्त सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले लक्ष्मी इक्विटि फण्ड नामक दोश्रो म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १७:४१