नेपाल लघुवित्त बैंकर्स एसोसिएसनको अध्यक्षमा रामचन्द्र जोशी चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल लघुवित्त बैंकर्स एसोसिएसनको अध्यक्षमा रामचन्द्र जोशी चयन



काठमाडौं । नेपाल लघुवित्त बैंकर्स एसोसिएसनको अध्यक्षमा रामचन्द्र जोशी चयन भएका छन् । संघको बिहीबार सम्पन्न ११औं वार्षिक साधारणसभाबाट जोशी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।

छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जोशी यसअघि एसोसिएसनको कार्यवाहक अध्यक्ष थिए । साधारणसभाबाट उपाध्यक्षमा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा चयन भएका छन् । शर्मा यसअघि एसोसिएसनको सचिव थिए ।

यसैगरी एसोसिएसनको महासचिवमा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्साल, सचिवमा नेसनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र कोषाध्यक्षमा मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल चयन भएका छन् ।

 

कार्य समिति सदस्यहरुमा भने ग्रामीण विकास बैंकका पर्वत कार्की, फष्र्ट माइक्रोफाइनान्सका भेषराज पन्थी, किसान माइक्रोफाइनान्सका इन्द्रकुमार शाह, समिट माइक्रोफाइनान्सका देबेन्द्र बस्नेत, मिथिला लघुवित्तका गोविन्द चापागाँई र एनएमबी माइक्रोफाइनान्सका तिर्थरत्न कोनाजु सर्वसम्मत चयन भएका हुन् ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १८:२६