नेपाल प्रहरीले १६ बर्षमा पेन्सन पाउने व्यवस्था खारेज गरेको भन्दै सर्वोच्चले माग्यो सरकार सँग लिखित जवाफ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल प्रहरीले १६ बर्षमा पेन्सन पाउने व्यवस्था खारेज गरेको भन्दै सर्वोच्चले माग्यो सरकार सँग लिखित जवाफ



काठमाडाै । १६ बर्षमा पेन्सन पाउने व्यवस्था पुनःलागु हुनु पर्ने माग गर्दै दायर भएको रिटमा सर्वाेच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारि गरेको छ ।

 

न्यायधिस तेज बहादुर केसिको एकल इजलासले प्रहरीका तर्फबाट दीपेन्द्र बहादुर चन्दले दायर गर्नु भएको रिटमा पहिलो चरणमा सुनुवाई गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय लाई १५ दिन भित्र लिखत जवाफ पेश गर्न आदेश दिएको छ ।

प्रहरी जवान दीपेन्द्र चन्दले सरकारले प्रहरी नियमावली २०४९ बमोजिम नियुतm भएका प्रहरी जवानहरुलाई सोही नियमावली बमोजिम १६ बर्षमा पेन्सन पाउने व्यवस्था गर्र्नु पर्ने एवं प्रहरी नियमावली २०७१ लागु भएपछिका जवानहरुको हकमा मात्रै नयाँ नियमावली बमोजिम २० बर्ष पछि पेन्सन हुुनु पर्ने भन्दै आवश्यक संसोधनको माग सहित रिट दायर गर्नु भएको थियो ।

 

सरकारले प्रहरी नियमावली २०४९ खारेज गर्दै प्रहरी जवानहरुले १६ बर्षमा पाउने पेन्सनलाई संसोधनगरि २० बर्ष बनाएको थियो । उतm निर्णय अन्यायपुर्ण, अनुचित र धोकापुर्ण भएको भन्दै सर्वोच्चमो रिट दायर भएको थियो ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १८:३१