चौधरीको अारोप गच्छदारले राज्यको शक्ति दुरुपयोग गरेर मलाई पराजित गरे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चौधरीको अारोप गच्छदारले राज्यको शक्ति दुरुपयोग गरेर मलाई पराजित गरे



सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ मा पुनः मतदानको माग गर्दै नेकपा एमालेका कार्यकर्ताले सदरमुकाम इनरुवामा बिहीबार विरोध प्रदर्शन गरेका छन् ।

क्षेत्र नम्बर–३ का एमाले उम्मेदवार भगवती चौधरीलाई नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले राज्यको शक्ति दुरुपयोग गरेर पराजित गरेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

 

उपप्रधानमन्त्री गच्छदार र निर्वाचन अधिकृत टिकाभूषण घिमिरेविरुद्ध प्रदर्शनकारीले नाराबाजी गरेका थिए ।

गच्छदारसँग ३२१ मतको झिनो मतान्तरले पराजित भएकी चौधरीले निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीलाई खरिद गरेर चुनावी नतिजा आफ्नो पक्षमा पारेको आरोपसमेत लगाएकी छन् ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार २१:२८