स्मार्टसिटी अध्ययनका लागि परामर्शदाता नियुक्त तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्मार्टसिटी अध्ययनका लागि परामर्शदाता नियुक्त तयारी



काठमाडौं । सरकारले आव २०७२/७३ मा घोषणा गरेका तीन वटा सरहलाई स्मार्टसिटी घोषणा गरेको थियो । लुम्बिनी, पालुङटार र निजगढलाई स्मार्ट सिटी बनाउने सरकारी योजना अनुसार हालसम्म तीनवटै सहरको निम्ति अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गर्ने चरणमा छ ।

परामर्शदाताले कसरी स्मार्ट सिटी बनाउने, आवश्यक मापदण्ड के हुने र कसरी बनाउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन दिनेछ । यो खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

सोही प्रतिवेदनका आधारमा सरकारले स्मार्ट सिटीको काम अगाडि बढाउने जानकारी नयाँ सहर विकास आयोजना समन्वय कार्यालयका निर्देशक पराग कायस्थले दिए । उनका अनुसार आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा घोषणा भए अनुसार स्याङ्जाको वालिङ, डडेल्धुराको अमरगढी र दैलेखको दुल्लुसहित १० सहरलाई स्मार्ट सिटी बनाउने उल्लेख छ ।

२०७४ असार २८ को मन्त्रिपरिषद् बैठकले धनकुटा, सिरहाको मिर्चेया, रौटहटको चन्द्रपुर, काभ्रेको बनेपा, चितवनको भरतपुर, दाङको तुल्सीपुर र कैलालीको टिकापुरलाई स्मार्ट सिटी बनाउने निर्णय गरेको छ । सोही घोषणाअनुसार सरकारले हाल विभिन्न २७ वटा नयाँ सहर र १३ वटा स्मार्ट सिटी गरी ४० वटा सहर निर्माणको काम अगाडि बढाएको छ ।

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार ०९:०१