प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१७ का लागि सार्वजनिक भोटिङ प्रक्रिया सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१७ का लागि सार्वजनिक भोटिङ प्रक्रिया सुरु



काठमाडौँ । डाबर नेपालको एक उत्कृष्ट उत्पादन – प्रोस्टाइलले आयोजना गर्न लागेको प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१७ को उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगीहरूको अन्तिम सूचि सार्वजनिक गरेको छ । यो सूचिको प्रकाशनसँगै नै मोबाइलबाट भोट गर्न सकिने प्रक्रिया पनि सुचारू गरिएको जानकारी डाबर नेपालले दिएको छ ।
यो भोट प्रक्रियामा सर्वाधिक सार्वजनिक भोट ल्याउने प्रत्याशीले प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१७ को १४ पुस २०७४ मा हयात रिजेन्सिमा आयोजना हुने फिनाले प्रतियोगितामा सिधै प्रथम १० स्थानमा आफ्नो स्थान सुरक्षित गर्नेछन् भने “मिस्टर पपुलर”को उपाधि पनि हासिल गर्नेछन् ।
यो वर्षको फिनालेमा १६ जना प्रतियोगीहरू फिनालेको प्रतिस्पर्धामा भिड्नेछन् । यी १६ जना प्रतियोगीहरूलाई भोट गर्नका लागि “PMH<space>  प्रतियोगीको नम्बर” लेखी ३७७२२मा भोट गर्न सकिन्छ ।
थप जानकारीका लागि
www.facebook.com/manhuntinternationalnepal

यो कार्यक्रमको थप आकर्षणका रूपमा प्रोस्टाइलले काठमाडौँका विभिन्न कलेजहरूमा कार्यक्रम आयोजना गरेको छ । यी कार्यक्रमहरूमा विभिन्न क्रियाकलापहरू तथा सोहीअनुरूपका उपहारहरू पनि प्राप्त गर्ने प्रावधान रहेको छ । सोही उपहारमा फिनालेमा २ जनाका लागि भि.आइ.पि. निमन्त्रणा प्राप्त गर्ने अवसर पनि संलग्न छ ।
डाबर नेपालद्वारा पुरुष ग्राहकहरूका लागि लक्षित गरी उत्पादन गरिएको प्रोस्टाइल र ग्रुप अफ इभेन्ट एन्टरटेनरर्स (जिइइ) बीच प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१७ आयोजना गर्ने समझदारी भएको हो ।यो प्रतियोगिताको ग्रान्ड फिनाले १४ पुस २०७४ मा हायत रिजेन्सीमा हुनेछ ।विजेताले चीनमा आयोजित हुने म्यानहन्ट इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताहरूले क्रमशः मिस्टरग्लोबल २०१८ तथा मिस्टरयुनिभर्सल एम्बेसेडर२०१८ मा भाग लिनेछन् ।

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार १२:३२