अब अनलाइन बाटै हुन्छ नक्सापास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अब अनलाइन बाटै हुन्छ नक्सापास



काठमाडौं । महानगर क्षेत्रभित्र घर निर्माण गर्ने महानगरवासीले अब डिजिटल नक्सापास गर्न पाउने भएका छन् । काठमाडौं महानगरपालिकाले अनलाईनबाट घरको नक्सापास गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो ।

२३औं महानगर दिवसको अवसरम काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अनलाईनबाट घरको नक्सापास गर्ने कार्यको थालनी गरे ।

सोहि अबसरमा मेयर शाक्यले महानगरमा कार्यरत पाँच इन्जिनियरलाई अनलाईनबाट घरको नक्सा पास गर्ने प्रणालीको पासवर्ड समेत प्रदान गरे । प्रमुख शाक्यले नागरिकको सहभागिताले मात्र दिगो विकास सम्भव हुने बताएका छन् ।

उनले सार्वजनिक स्थललाई फ्रि वाईफाइ जोन कायम गर्ने क्रममा प्रथम चर।णमा आजैबाट वडा कर्यालय भवनमा फ्रि वाईफाइ सेवा शुरु गरेको बताए ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरका सबै कर्मचारीलाई आफ्नो कार्यमा लगनशीलताभएर लाग्न आग्रह गरिन् ।

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार १७:४१