हिमालयनको नाफा १ अर्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयनको नाफा १ अर्ब



काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०७१/७२ मा १ अर्ब रुपैयाँ नाफा कमाउने बैंकको सुचीमा परेको छ । बैंकले सो आवमा १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । आव २०७०/७१ मा बैंकले ९५ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको व्याज आम्दानीमा बृद्धि भएसँगै नाफामा पनि बृद्धि भएको हो । बैंकले गत आवमा १८ करोड रुपैयाँ व्याज आम्दानी बढाएको छ ।

बैकले राइट व्याकमा पनि बृद्धि गरेको छ । गत वर्ष बैंकले ८९ करोड रुपैयाँ राइट व्याक गरेको छ । तर, सो आवमा बैंकको नोक्सानी व्यवस्थाका लागि प्रोभिजन पनि बढेको छ । हाल बैंको खराव कर्जा कुल कर्जा प्रवाहको ३ दशमलव २२ प्रतिसतमा पुगेको छ ।
हालसम्म बैंकले ७३ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : १ भाद्र २०७२, मंगलवार ०९:५६