प्रकाशमानले देउवालाई भने चुनाव हारेपछि नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्दैन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रकाशमानले देउवालाई भने चुनाव हारेपछि नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्दैन ?



काठमाडौं ।  काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित कांग्रेस नेता प्रकाशमान सिंहले काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूलो हार व्यहोर्दासमेत पार्टी सभापति शेरबहादुर देउवाले नैतिक जिम्मेवारी लिएर राजीनामा नदिएकोमा आश्चर्य व्यक्त गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले काँग्रेसको हारमा प्रमुख जिम्मेवार देउवा नै रहेको बताउँदै उनको नेतृत्व असक्षम भइसकेकोले पार्टी सभापतिबाट नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

सर्वमान्य नेता गणेशमानका छोरा प्रकाशमान काँग्रेसका पूर्वमहामन्त्री समेत हुन । उनले काँग्रेस हारको मुख्य जिम्मेवार नै देउवा भएकाले उनले नैतिक जिम्मेवारीबाट पन्छिन नपाउने बताए । देउवाको नेतृत्व असफल भइसकेको भन्दै प्रकाशमानले चुनाव हारेपछि नेतृत्वले नैतिक जिम्मेवारी लिएर राजीनामा दिने प्रचलनलाई अटेर गरेको बताए ।

 

उनले भने, ‘यस्तो स्थितिमा फलानोले राजीनामा देउ भनेर भन्ने नै होइन । आफैले बुझेर दिने हो । एउटा डेमोक्र्याटिक पार्टीको नेतृत्व भएकाले आफूले सोच्नुपर्ने कुरा हो । जनताले नरुचाएपछि राजीनामा दिनुपर्छ ।’ पार्टी सभापति देउवाले सहजरुपमा राजीनामा नदिए पार्टीको विधान अनुसार आफूहरु अघि बढ्ने भन्दै उनले भने, ‘अधिवेशनबाट जितेको भनेर घमण्ड गर्न थाल्यौं । अहिले थाहा भइहाल्यो नि ।’ प्रकाशमानले काँग्रेस अब यही शैली र यही नेतृत्वबाट चल्न नसक्ने भन्दै व्यापक सुधार गरेर लानुपर्ने बताए ।

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार १८:४९