यस्तो रणनिति बोकेर शितल निवास पुगे अोली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस्तो रणनिति बोकेर शितल निवास पुगे अोली



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि तयार पारिएको कम्युनिष्ट गठबन्धनको रणनीति जानकारी गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शितल निवास पुगेका छन् ।

 

राष्ट्रिय सभा गठनमा देखिएको विवाद लगायतको विषयमा समेत प्रचण्डसँग सबै रणनीति तय गरेपछि सो रणनीति जानकारी दिनको लागि ओली राष्ट्पति कहाँ पुगेका हुन् ।

अहिलेसम्म पनि गठबन्धनको रणनीतिलाई सहयोग गर्नेगरी काँग्रेस नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय सभा सम्बन्धी अध्यादेश फर्काउने तयारीमा रहेकी राष्ट्रपतिलाई आफ्नो रणनीति सुनाउन ओली शितलनिवास पुग्नुलाई महत्वका साथ हेरिएको छ ।

ओलीसँगको भेटपछि राष्ट्रपतिले कस्तो कदम चल्नेछिन् त्यो भने हेर्न बाँकी नै छ । राष्ट्रिय सभामा बाम गठबन्धनको योजना विपरित बहुमतीय मत प्रणालीको व्यवस्थालाई लागू नगर्ने प्रस्ताव सहित सरकारले पठाएको अध्यादेश पनि रोकेर राखेपछि राष्ट्रपति झनै विवादित बनेकी छिन् ।

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार २०:४७