जनता बैक र गुराँस लाईफ इन्स्योरेन्सबिच बैंकासुरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनता बैक र गुराँस लाईफ इन्स्योरेन्सबिच बैंकासुरेन्स सम्झौता



काठमाडौं । जनता बैक नेपाल र गुराँस लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रमको निरन्तरता दिन बैंकले उक्त सम्झौता गरेको जनाएको छ ।

dav

जनता बैंक नेपाललि मिटेडका नायव प्रमुख कार्यकारी अधिकृत पृथ्वीनारायण श्रेष्ठ र गुराँस लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त कम्पनीहरुको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार २०:५८