कमल थापाले भने – निराशाजनक परिणाम आउनुमा नैतिक जिम्मेवारी मेरो हो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कमल थापाले भने – निराशाजनक परिणाम आउनुमा नैतिक जिम्मेवारी मेरो हो



काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम अकल्पनीय एवं अत्यन्त निरशाजनक भएको बताएको छ ।

थापाले शुक्रबार ट्वीटरमार्फत विज्ञप्ति जारी गरी मतादेशलाई शिरोधार्य गर्ने बताएका हुन् । निर्वाचनबाट निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो भन्दै उनले विज्ञप्ती जारी गरेका हुन् ।

राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक मात्र सिट जितेको छ । झापामा राजेन्द्र लिङ्देनले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराएर निर्वाचित भएका हुन् ।

थापा आफैं भने मकवानपुर १ मा पराजित भए साथै पार्टीले समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेन ।

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार २१:०५