सहमति बिना राजनीतिक नियुक्ति नगर्न देउवालाई प्रचण्डको चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहमति बिना राजनीतिक नियुक्ति नगर्न देउवालाई प्रचण्डको चेतावनी



काठमाडाै । माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी गभर्नर लगायतका कुनै पनि नियुक्ति राजनीतिक सहमति बिना नगर्न प्रधानमन्त्रीलाई अाग्रह गरेका छन्।

 


शनिबार बिहान बालुवाटारमा भएकाे भेटमा निर्वाचनले नयाँ जनादेश दिएकाे सन्दर्भमा कामचलाउ सरकारले महत्वपूर्ण निर्णय र नियुक्ति नगर्न प्रधानमन्त्रीलाई अाग्रह गरेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले अत्यावश्यक निर्णय गर्नु परेमा राजनीतिक सहमतिमा गर्न पनि प्रधानमन्त्रिलाई सचेत गराएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए ।

प्रकाशित : १ पुष २०७४, शनिबार १२:०१