पुष ३ गते देखि राधीको अाइपिअो , कति दिने अावेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुष ३ गते देखि राधीको अाइपिअो , कति दिने अावेदन ?



काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) यही पुष ३ गते (सोमबार) देखि निष्काशन गर्ने भएको छ ।
कम्पनीले ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको बिक्री खुला गर्ने भएको हो ।

पुष ३ गतेदेखि विक्री खुल्ला गरिएको साधारण सेयर छिटोमा पुष ७ र ढिलोमा पुष १७ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्ने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले जनाएको छ ।

यस कम्पनीको साधारण् सेयर (आइपिओ) लगानीकर्ताले लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि अधिकतम ३,८०० कित्ता अर्थात ३ लाख ८० हजार रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४।४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ ।

प्रकाशित : १ पुष २०७४, शनिबार १२:१०