शक्ति केन्द्र धाउदै उद्योगी व्यवसायी, बामगठबन्धनका नेतालाई बधाई खान भ्याइ नभ्याइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शक्ति केन्द्र धाउदै उद्योगी व्यवसायी, बामगठबन्धनका नेतालाई बधाई खान भ्याइ नभ्याइ



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बामगठबन्धनलाई बधाई दिएको छ। चेम्बरले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा संयुक्त बाम गठबन्धनले पूर्ण बहुमत ल्याएकोमा बधाई ज्ञापन गरेको हो ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको चेम्वरको पदाधिकारी एवं कार्यसमितिको टोलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भेटघाट गरी बधाई ज्ञापन गरेको छ ।

भेटघाटमा उनले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा संयुक्त बाम गठबन्धनले पूर्ण बहुमत ल्याएसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर मुलुकको आर्थिक समृद्धि हुने विश्वास लिएका छन् । अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि कानुनमा भएका त्रुटीहरुलाई सुधार गरी लागनी मैत्री वातावरण निर्माण गर्नुपर्ने अवाश्यकता औंल्याए । साथै उहाँंले आर्थिक विकासका लागि भ्रष्टाचारमुक्त समाजको आवश्यकतामाथि पनि विशेष जोड दिए ।

भेटघाटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंगको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो । यसकारण निजी क्षेत्रसँंग सहकार्य गरी अगाडि वढन आफूहरु तयार रहेको स्पष्ट पारेका छन् । उनले मुलुकको आर्थिक समृद्धिका लागि सुझाब दिन निजी क्षेत्रसँंग आग्रह पनि गरे ।

प्रकाशित : १ पुष २०७४, शनिबार १४:०४