नाफा नबाँड्ने निर्णय गरेको सानिमाईले अब के गर्ला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नाफा नबाँड्ने निर्णय गरेको सानिमाईले अब के गर्ला ?



काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले २९ करोड रुपैयाँ खुदनाफा नबाँड्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको खुदनाफा संचित कोषमा राखेर १४ मेगावाट क्षमताको मैलुङखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।

गत आवमा कम्पनीले २८ करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । कम्पनीले पुस २८ गते छैठौ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभामा लाभांश दिने प्रस्ताव गरेको छैन् ।

सत्प्रतिशत हकप्रद सेयर निष्कासन गरेपछि चुक्तापुँजी बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

 

चुक्तापुँजी बढेर सेयरधनीलाई ७ प्रतिशत मात्र लाभांश दिने अवस्था आएपछि गत आवमा गरेको नाफालाई संचित कोषमा राखेर मैलुङ जलविद्युत बनाउन लगानी गर्ने सानिमामाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताए । “थोरै लाभांश बितरण गर्नुभन्दा नयाँ आयोजनामा लगानी गर्न उपर्युत्त देखेर यस्तो निर्णय गरिएको हो” उनले भने ।

सानिमामाईले २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । गत आवमा सानिमामाईले बिजुली बिक्री, ब्याज र विविध शिर्षकबाट गरी ८० करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै गैरआवासिय नेपालीद्धारा प्रवद्र्धित सानिमामाईले २.५ मेगावाटको सुनकोसी आयोजनाको प्रवद्र्धक सानिमा हाइड्रोपावर लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । प्राप्तिका लागि सभामा प्रस्ताव पेश हुदैछ । सभामा समुह ख तर्फ प्रतिनिधित्वका लागि २ जना सञ्चालक समिति चयनका लागि निर्वाचन गर्ने प्रस्ताव रहेको सानिमाले जनाएको छ ।

२२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको सानिमाले ५४ मेगावाटको मध्यतमोर र २८ मेगावाटको तल्लोलिखु आयोजनामा बनाउन लागेको हो । कम्पनीमा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । दुबै आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । यस्तै साढे २ सय मेगावाटको तमोर आयोजना बनाउने तयारी गरेको छ ।

प्रकाशित : १ पुष २०७४, शनिबार १४:०८