थोरै खर्चमा घर चलाउनु छ ? यी तरिका अप्नाउनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

थोरै खर्चमा घर चलाउनु छ ? यी तरिका अप्नाउनुस्



पछिल्लो समय महंगी बढेको छ । महंगीको अनुपातमा कमाइ बढेको छैन । कम खर्चमा घर चलाउनुपर्ने बाध्यता छ । तर यो बाध्यताका बीचपनि धेरैलाई कम खर्चमा घर धान्न निकै गाह्रो भइरहेको छ ।

यो नेपालीहरुको मात्र समस्या होइन, अन्तरास्ट्रिय स्तरमै कम खर्चमा घर चलाउनेहरु धेरै छन् । यो जताततैको समस्या हो । विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले पनि कम खर्चमा घर धान्न सकिने टिप्सहरुबारे लेखेका छन् । आखिर कम खर्चमा कसरी घर धान्न सकिन्छ त ? हेरौं १० टिप्स :

१. आम्दानीको स्रोत र खर्चका शिर्षकहरु पहिल्याउनुहोस् । कहाँबाट कति आम्दानी हुन्छ र कहाँ कति खर्च हुन्छ भन्ने मोटामोटी हिसाव गर्नुहोस् । भइपरी आउन सक्ने कामहरुलाई पहिलानै पहिल्याउनुहोस् ।

२. थोरै भएपनि बचतको भाग छुट्याउनुहोस् । तपाईंको कमाइ १०००० मात्र मासिक छ भनेपनि खर्च कटाएरै केहि रकम जोगाउनुहोस् । यसले भैपरी आउँदा तपाईंलाइ सहयोग गर्छ ।

३. तिर्नुपर्ने ठाउँमा पैसा तिरिहाल्नुहोस् । यसले खर्चको बोझ केहि हदसम्म कम गर्छ । लिनुपर्ने ठाउँमा पैसा पनि लिइहाल्ने बानी बसाल्नुहोस् ।

४. नियमित कमाइभन्दा बढी पैसा कहींबाट आइहाल्यो भने त्यसलाई ‘आकस्मिक कोष’ बनाएर राख्नुहोस् । यसले तपाईंलाइ कुनै दुर्घटना वा केहि अरु काम पर्दा सहयोग गर्छ ।

६. सकेसम्म विमा गर्नुहोस् । यसले तपाईंलाइ बचत गर्न पनि सिकाउँछ भने अर्कोतर्फ तपाईंको सुरक्षा पनि हुन्छ । कुनैपनि काम सकेसम्म थोरै खर्चमा गर्ने बानी बसाल्नुहोस् । किनमेल गर्न जाँदा बार्गेन गर्न जान्नेसँग जानुहोस् । नेपालको हकमा कुनैपनि सामानमा बढी मार्जिन राख्ने चलन छ । बुझेर मात्र कुनैपनि सामान किन्नुहोस् ।

७. काम गर्दा बरु केहि रकम थोरै नै किन नहोस् समयमै तलव दिने ठाउँमा काम गर्नुहोस् । व्यापारको हकमा लिनुपर्ने ठाउँमा पैसा महिनाको केहि दिन अघिसम्म उठाईसक्नुहोस् । यसका लागि केहि अतिरिक्त समय निकाल्नुपर्यो भने पनि निकाल्नुहोस् ।

८. रिटायरमेन्टको योजना बनाउनुहोस् । भविष्यका लागि सोच्नुहोस् । कमाएकोजति पैसा एकैपटक सिध्याउने बानी धेरैको हुन्छ । तपाईंको पनि हुनसक्छ । यसलाई ख्याल गर्नुहोस् ।

९. बालबच्चाको शिक्षाका लागि योजना बनाउनुहोस् । बच्चाको स्कुल वा कलेजमा बुझाउनुपर्ने शुल्क समयमै बुझाउनुहोस् । बच्चा १८ देखि २१ वर्षको उमेरमा पुगेपछि उनीहरुको शिक्षाका लागि त्यस समयमा कतिसम्म खर्च जोहो गर्दा सही होला भनेर आँकलन गर्नुहोस् ।

१०. रमाइलो गर्ने नाममा धेरै पैसा खर्च नगर्नुहोस् । धेरै रमाइलो गर्ने साथीको संगत छ भने पैसा चलाउन आफ्नी जीवनसाथीलाई दिनुहोस् । अविवाहितका हकमा आफ्नो परिवारको कम खर्च गर्ने साथीलाई पैसाको जिम्मा दिनुहोस् । यसो गर्दा आफुसंग केहि पैसा राख्न भने नबिर्सिनुहोस् ।

प्रकाशित : १ पुष २०७४, शनिबार १४:३२